काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने आर्थिक बोझका कारण पुनः निर्वाचन गर्न नहुने बताए। उनले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए।
उनले कोशी प्रदेश सरकार मध्यावधिमा नजान दलहरू मिल्नु पर्ने अन्यथा चुनावमा जानुपर्ने विकल्पमात्रै बाँकी रहने बताए।
प्रकाशित: २३ भदौ २०८० १२:४५ | Saturday, September 9, 2023
प्रतिक्रिया





