कोशीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने

हिमाल प्रेस १२ असोज २०८० १९:३४ | Friday, September 29, 2023
कोशीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको शुक्रबार (आज) बसेको बैठकले मुख्यमन्त्री हिकमत कार्कीले विश्वासको मत नदिने निर्णय गरेको हो।

भदौ २२ गते मुख्यमन्त्री भएका कार्कीले असोज २० गतेभित्रमा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।  कांग्रेस दलको कार्यालयमा बसेको बैठकले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो।

काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण भएको अवस्थामा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: १२ असोज २०८० १९:३४ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast