‘विद्यालय शिक्षा विधेयक’का विषयमा सरोकारवालासँग छलफल गर्दै कांग्रेस

हिमाल प्रेस ८ असोज २०८० २१:१९ | Monday, September 25, 2023
‘विद्यालय शिक्षा विधेयक’का विषयमा सरोकारवालासँग छलफल गर्दै कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ बारे दुईदिने छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बुधबार र बिहीबार संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ। पहिलो दिन दिउँसो १ बजे कार्यक्रम सुरु हुनेछ।

कार्यक्रममा प्रमुख सचेतक रमेश लेखकले विशेष प्रवेश गराउनेछन्। कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति, नेपाल शिक्षक संघ, राहत शिक्षक संघ, प्याब्सन, एनप्याब्सन, विद्यालय कर्मचारीलगायत उपस्थिति रहने कांग्रेसले जनाएको छ।

प्रकाशित: ८ असोज २०८० २१:१९ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast