एशियन पेन्ट्सको ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा

हिमाल प्रेस ३१ भदौ २०८० १०:२९ | Sunday, September 17, 2023
एशियन पेन्ट्सको ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा

काठमाडौँ- पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौँको गठ्ठाघरमा रहेको अपूर्व इन्टरनेसनल प्रालिमा मल्टि क्याटेगोरी डेकोर शोरुम सञ्चालनमा ल्याएको हो।

सो शोरुमबाट ग्राहकलाई किनमेलका लागि सजिलो हुने कम्पनीले जानकारी दिएको छ। ‘अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उृत्कृष्ट किनमेलको अनुभवप्रदान गर्न तयार रहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रविधिले ग्राहकलाई उनीहरूको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ।’

उक्त शोरुमको उद्घाटन एशियन पेन्ट्सलिका प्रबन्ध निर्देशक तथा सीईओ अमित सिंगलले गरे। १६ सय वर्ग फिटमा रहेको शोरुममा ग्राहकलाई आवश्यक पर्ने सबै डेकोरहरू एकै ठाउँमा उपलब्ध हुने कम्पनीले बताएको छ।

प्रकाशित: ३१ भदौ २०८० १०:२९ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast