एनसेलको ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल सम्पन्न

हिमाल प्रेस ९ असोज २०८० १६:५७ | Tuesday, September 26, 2023
एनसेलको ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौँ- निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ। कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा लैनचौर खेल मैदानमा फुटबल आयोजना गरेको हो। फुटबल प्रतियोगितामा शनिबार र आइतबार गरी ४ खेल भएका थिए।

कम्पनीले आफ्ना नयाँ यात्रा सुरु भएको दाबी गर्दै यात्राका लागि तय गरिएको थिमअनुसार प्रतियोगिता गराइएको बताएको छ। ‘कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत वार्षिकोत्सवको थिम ‘हामी तपाईकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरू आयोजना गरिएका हुन्,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरू, भेटरान फुटबल खेलाडीहरू, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीको सहभागिता थियो।

 

प्रकाशित: ९ असोज २०८० १६:५७ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast