काठमाडौँ- एनएमबि बैंकले डेबिट कार्डमा एक सय क्यासब्याक अफर घोषणा गरेको छ। यो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहक र हालसम्म डेविट कार्ड प्रयोग नगरेका ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पस)मार्फत कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक पाउनेछन्।
यो अफर सीमित अवधिको लागि लागू हुने बैंकले जानकारी गराएको छ। एनएमबि बैंकले हाल २०१ शाखा, १४४ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत देशभर सेवा दिँदै आइरहेको छ।
                            प्रकाशित: १७ भदौ  २०८० १६:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

