काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यो गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २५.८ प्रतिशतले बढी हो। गत वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको थियो।
साउनमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या ३९ हजार १५२ छ। जुन गत आवको साउनभन्दा १२.१ प्रतिशतले कम हो। त्यसैगरी वैदेशिक रोजगारीका लागि साउन महिनामा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४२३ छ। जुन गत आवभन्दा १९.५ प्रतिशतले कम हो।
                            प्रकाशित: ३१ भदौ  २०८० १६:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

