एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

हिमाल प्रेस ३१ भदौ २०८० १६:५६ | Sunday, September 17, 2023
एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यो गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २५.८ प्रतिशतले बढी हो। गत वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको थियो।

साउनमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या ३९ हजार १५२ छ। जुन गत आवको साउनभन्दा १२.१ प्रतिशतले कम हो। त्यसैगरी वैदेशिक रोजगारीका लागि साउन महिनामा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४२३ छ। जुन गत आवभन्दा १९.५ प्रतिशतले कम हो।

प्रकाशित: ३१ भदौ २०८० १६:५६ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast