एकीकृत समाजवादी सुर्खेतको पुर्नगठित जिल्ला कमिटीको अध्यक्ष रास्कोटी

हिमाल प्रेस २५ भदौ २०८० १८:१८ | Monday, September 11, 2023
एकीकृत समाजवादी सुर्खेतको पुर्नगठित जिल्ला कमिटीको अध्यक्ष रास्कोटी

सुर्खेत- नेकपा एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुर्नगठित गरिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले जिल्ला कमिटी पुर्नगठित भएको जानकारी गराएको हो।

भदौ १३ गते बसेको सचिवालय बैठक र भदौ २३ गते बसेको जिल्ला कमिटी बैठकले जिल्ला कमिटीलाई पुर्नगठित गरेको हो। पुर्नगठित जिल्ला कमिटीको अध्यक्षमा टोपबहादुर रास्कोटी चयन भएका छन्। रास्कोटी यसअघि उपाध्यक्ष थिए।

यस्तै जिल्ला कमिटीको उपाध्यक्षहरूमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा वीरबहादुर रावत भोटे, उपसचिवहरूमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ।

जिल्ला कमिटी १ सय ३ सदस्यीय रहेको छ। त्यसमा केही पदाधिकारी पछि थप गर्ने निर्णय गरिएको छ। बैठकले केही सीमित नेता कार्यकर्ताहरूले पार्टी छोड्दैमा सिंगो पार्टीलाई नै समायोजन भन्नु सरासर गलत र भ्रमबाजी मात्रै भएको जिल्ला अध्यक्ष रास्कोटीले बताए।

प्रकाशित: २५ भदौ २०८० १८:१८ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast