ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

हिमाल प्रेस २७ भदौ २०८० १६:१६ | Wednesday, September 13, 2023
ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन्।

मन्त्री बस्नेतसँग भेटवार्ताका लागि आएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमसँग मन्त्रीले उक्त आग्रह गरे।

वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागिसमेत सहज रहेको मन्त्री बस्नेतको भनाइ थियो।

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए। माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई सहज रूपमा अगाडि बढाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने र समयसीमामै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे।

सो आयोजना २ देशबीचको मैत्री सम्बन्धलाई थप विस्तार गर्ने एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गरे।

प्रकाशित: २७ भदौ २०८० १६:१६ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast