ई:को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको अपिल

हिमाल प्रेस १० असोज २०८० १३:४९ | Wednesday, September 27, 2023
ई:को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको अपिल

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका ई:को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न अपिल गरेको छ। आयोगले बुधबार विज्ञप्ति जारी गरी यस्तो अपिल गरेको हो।

ई: रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका छन्। विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ई:को दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको छ। नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको छ। सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम उनले औषधि खान थालेका छन्। महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रुपमा नलिएको गुनासो उनीहरूको छ। आयोगले महानगरका अधिकारीहरुसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।

‘ई:ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको आयोगले स्पष्ट पारेको छ।

‘अतः धर्नामा रहेका व्यक्ति ई:को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदछ।’

प्रकाशित: १० असोज २०८० १३:४९ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast