आयल निगमले भन्यो : १४.२ किलोभन्दा बढीका ग्यास प्रयोग नगर्नू

हिमाल प्रेस ५ असोज २०८० ८:११ | Friday, September 22, 2023
आयल निगमले भन्यो : १४.२ किलोभन्दा बढीका ग्यास प्रयोग नगर्नू

काठमाडौँ- नेपाल आयल निगमले १४.२ किलो क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा नल्याउन र बिक्री नगर्न उद्योगहरूलाई सचेत गराएको छ।

निगमले शुक्रबार सूचना जारी गरी ५० किलो र ४५० किलो क्षमताका सिलिण्डर ग्यास भरेर बिक्री भइरहेको खबर आएको भन्दै त्यो नगर्न सचेत गराएको हो।

निगमले एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) अनुसार १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा अनुमति दिन नसक्नेसमेत बताएको छ। त्यसैले यी परिमाणमा ग्यास भरेर बिक्री भइरहेको भए तुरुन्त बन्द गर्न पनि निगमले आग्रह गरेको छ।

प्रकाशित: ५ असोज २०८० ८:११ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast