आयल निगमले आईपीओ जारी गर्ने

हिमाल प्रेस ९ असोज २०८० १४:१९ | Tuesday, September 26, 2023
आयल निगमले आईपीओ जारी गर्ने

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन्। मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन्।

उनले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए।

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए। सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने जानकारी दिए।

व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आइपीओ दिने तयारी रहेको उनको भनाइ। विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने बताए।

उनले भने, ‘कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ। निगम यो विषयमा प्रतिवद्ध छ। सबैलाई इन्धन चाहिएको छ। इन्धन पहिलो र इन्धनको आपूर्ति दोस्रो कुरा हो।’

प्रकाशित: ९ असोज २०८० १४:१९ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast