आदेश नमानेको भन्दै डीएसपी सरुवा गर्न हर्क साम्पाङले काटे गृह मन्त्रालयलाई पत्र

हिमाल प्रेस २९ भदौ २०८० २१:४२ | Friday, September 15, 2023
आदेश नमानेको भन्दै डीएसपी सरुवा गर्न हर्क साम्पाङले काटे गृह मन्त्रालयलाई पत्र

इटहरी- धरानका मेयर हर्क साम्पाङले आफ्नो आदेश नमानेको भन्दै डीएसपीलाई सरुवा गरिदिन आग्रह गर्दै गृह मन्त्रालयलाई पत्र पठाएका छन्।

उनले इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आफ्नो आदेश नमानेको र शान्ति सुरक्षा कायम नगरेको आरोप लगाएका छन्।

मेयर सम्पाङले भदौ २७ गते आवश्यक कारबाहीका लागि भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका हुन्।

उनले लेखेको पत्रमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख मल्लले आफूलाई असहयोग गरेको उल्लेख छ। उनले पत्रमा स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने र ढुंगा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने स्थानीय शान्ति सुरक्षा खासै काम नगर्ने उल्लेख गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ गरिएको पत्रमा मल्ल सार्वजनिक जग्गा अतिक्रमण, तस्करको अतिक्रमण रोक्न समयमा नआएको आरोप उनले लगाएका छन्।

प्रकाशित: २९ भदौ २०८० २१:४२ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast