आजदेखि इन्द्रजात्रा मनाइँदै, काठमाडौँका यी क्षेत्रमा सवारी बन्द हुने

हिमाल प्रेस ९ असोज २०८० ८:१६ | Tuesday, September 26, 2023
आजदेखि इन्द्रजात्रा मनाइँदै, काठमाडौँका यी क्षेत्रमा सवारी बन्द हुने

काठमाडौँ- काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा मनाइँदैछ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको छ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइने बताएको छ।

जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

असोज ११ गते बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन नपाइने सूचनामा उल्लेख गरिएको छ।

यस्तै असोज १२ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ।

प्रकाशित: ९ असोज २०८० ८:१६ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast