अहिलेको संविधान माओवादीसँग डराएर ल्याइएको हो : पूर्वसभामुख ढुंगाना

हिमाल प्रेस ३ असोज २०८० १८:५६ | Wednesday, September 20, 2023
अहिलेको संविधान माओवादीसँग डराएर ल्याइएको हो : पूर्वसभामुख ढुंगाना

काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुंगानाले २०७२ सालमा जारी भएको नेपालको संविधानमा बीपी तत्त्व नभएको टिप्पणी गरेका छन्। बीपी साहित्य महोत्सवको अन्तिम दिन उनले संविधान माओवादीसँग डराएर बनाएको बताए।

‘यो संविधानमा बीपी तत्त्व छँदै छैन। म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन। तर, एकेडेमिक बहसमा यो संविधान उत्कृष्ट भन्न सक्दिनँ,’ ढुंगानाले भने, ‘यो माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाएको संविधान हो।’

उनले अहिले माओवादी क्रन्तिको जगमा संविधान बनेको बताए। ‘२००७ सालमा बनेको भए कस्तो बन्थ्यो होला भनेर बहस हुन सक्छ। त्यसबेला भएको भए बीपी नेतृत्वको क्रान्तिको जगमा संविधान बन्थ्यो भने अहिले माओवादीको सशस्त्र क्रान्तिको जगमा बनेको हो,’ उनले भने।

प्रकाशित: ३ असोज २०८० १८:५६ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast