अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

हिमाल प्रेस ३० भदौ २०८० १२:३२ | Saturday, September 16, 2023
अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेटेका छन्।

राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ। आजै प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्।

प्रकाशित: ३० भदौ २०८० १२:३२ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast