 सर्वोच्च अदालत। फाइल तस्बिर
                             सर्वोच्च अदालत। फाइल तस्बिर
                                            काठमाडौँ- फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ।
व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनराबेदनको सुविधा दिनुपर्ने व्याख्या सर्वोच्चले रिट निवेदनमार्फत गरेको हो।
यद्यपि फरार व्यक्तिलाई अन्यसरहको सुबिधा दिने वा नदिनेमा सर्वोच्चको संयुक्त र पूर्ण दुबै इजलासमा राय बाझिएको छ। पूर्ण इजलासमा दुई न्यायाधीशको बहुमतको रायले पुनरावेदन सुविधासम्बन्धी व्याख्या भएको खबर गोरखापत्रले छापेको छ । (गोरखापत्रबाट)
                            प्रकाशित: २२ भदौ  २०८० ७:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 