काठमाडौँ- आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्।
उनलाई शुक्रबार राति साढे ११ बजे चिरायु अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो।
रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन्।
प्रकाशित: १३ असोज २०८० ९:२८ | Saturday, September 30, 2023
प्रतिक्रिया





