काठमाडौँ- दक्षिण भारतीय सुपरहिट फिल्म ‘आरआरआर’का निर्देशक एसएस राजामौलीले ‘मेड इन इन्डिया’ बनाउने भएका छन्। नितिन कक्कड निर्देशक रहने फिल्ममा राजामौली निर्माता हुनेछन्।
फिल्म भारतीय सिनेमाका पिता भनिने दादासाहेब फाल्केको बायोपिक हो। उनले सन् १९१३ मा पहिलो भारतीय फिल्म ‘राजा हरिशचन्द्र’ बनाएका थिए। स्रोतसाधनको अभावमा पनि उनले भारतीय सिनेमाको सुरुवात गरेका थिए।
तिनै दादासाहेब फाल्केमाथि फिल्म बनाउन लागेको राजामौलीले बताएका छन्। फिल्म घोषणा गर्दै उनले भने, ‘पहिलोपटक फिल्मको कथा सुन्दा म निकै भावुक भएको थिएँ। बायोपिक बनाउनु अप्ठ्यारो काम हो। त्यसमाथि फादर अफ इन्डियन सिनेमाको बायोपिक बनाउनु त चुनौती नै हो।’
प्रकाशित: २ असोज २०८० १४:०४ | Tuesday, September 19, 2023
प्रतिक्रिया





