धरानमा इटहरीकी महिलाको हत्या

हिमाल प्रेस १४ भदौ २०८० १९:०८
30
SHARES
धरानमा इटहरीकी महिलाको हत्या

इटहरी– धरानमा इटहरी उपमहानगरपालिकाकी एक महिलाको हत्या भएको छ। इटहरी उपमहानगरपालिका २ बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको धरानमा हत्या भएको हो। हत्या गरिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। हत्यामा संलग्न रामेछाप घर भइ धरान १७ बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।

दर्जीले यशोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको शव बिहीबार बिहान परिवारका सदस्यहरू आएपछि मुचुल्का उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ।

यशोदा बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी थिइन। यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यामा सम्लग्न दर्जीसहित अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न मुख्य आरोपी दर्जीका दुईजना सालोलाई पनि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ भदौ २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =