काठमाडौँका यी सडकमा आज र भोलि सवारीसाधन प्रवेश रोक

हिमाल प्रेस १४ भदौ २०८० ९:४४
2
SHARE
काठमाडौँका यी सडकमा आज र भोलि सवारीसाधन प्रवेश रोक काठमाडौँ महानगरपालिकाभित्र गाईजात्रामा सहभागी बालबालिका। आज गाईजात्राकै कारण महानगरले विभिन्न ठाउँमा सवारी रोक लगाएको छ। तस्बिर : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

काठमाडौँ- काठमाडौँका विभिन्न सडकमा आज र भोलि सवारी प्रवेशमा रोक लगाइएको छ।

काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा)का लागि प्रयोग हुने सडकमा दुई दिन सवारी आवागमन निषेध गरिएको हो।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरूटोल-चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक-गोफल-ब्रम्हटोल-बन्डे-ह्युमत जैशिदेवल-कोहिटि भिमसेनस्थान मरूटोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

त्यस्तै टॅगल-न्ह्यखा-बांगेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

प्रकाशित: १४ भदौ २०८० ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =