बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शशांक

हिमाल प्रेस १३ भदौ २०८० १३:५२
8
SHARES
बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शशांक

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका थिए।

कारगार स्रोतकाअनुसार उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो। खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए। खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन्।

केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री महेन्द्र यादव, भिष्मराज आङदम्बे, परराष्ट्रमन्त्री एनपी साउन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बनीका मुख्यमन्त्री डिल्ली चौधरीलगायतका नेताहरू पनि सुन्धारा पुगेका थिए।

खाणसहित नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरूले रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।  यसअघि सबै अभियुक्तहरूको फाइल एकैठाउँ राखेर पेस गर्न अदालतले भनिसकेको छ। दुई नेताबीचको कुराकानीबारे केही खुलेको छैन।

उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाएको थियो। अब ती सबै प्रतिवेदनलाई एकै ठाउँ राखेर मुद्दाको सुनुवाइ अघि बढ्दैछ।

अब उच्च अदालतले खाणसहित थुनामा रहेकाहरूलाई रिहा गर्ने वा जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिने छ। तर मुद्दाको सुनुवाइको मिति निश्चित भइसकेको छैन।

प्रकाशित: १३ भदौ २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =