बागमती प्रदेशको अधिवेशन भदौ १८ मा

हिमाल प्रेस १३ भदौ २०८० ६:५०
2
SHARE
बागमती प्रदेशको अधिवेशन भदौ १८ मा

काठमाडौँ- बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए।

उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्प्रेषित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ।

प्रकाशित: १३ भदौ २०८० ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =