ट्विटरमा आलोचना गर्नेलाई साउदीमा मृत्युदण्डको सजाय

हिमाल प्रेस ११ भदौ २०८० २०:२६
8
SHARES
ट्विटरमा आलोचना गर्नेलाई साउदीमा मृत्युदण्डको सजाय

काठमाडौँ- साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्ल‌ंघनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। आतंकवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो।

अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतंकवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले आज (सोमबार) एएफपीलाई बताएका हुन्।

यससम्बन्धमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधलाई साउदी अधिकारीहरूले जवाफ दिन अस्वीकार गरेका छन्। मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको बताएकाका छन्।

सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा उनले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए। १० जनाभन्दा कम ‘फलोअर्स’ भएका अलघामदीलाई  मृत्युदण्डको घोषणा भएकामा मानवअधिकारवादी संस्थाहरूले साउदी सरकारको आलोचना गरेका छन्।

मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मानवअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मिक व्यक्तिहरूको समर्थन गरेका थिए।

साउदी सरकार मृत्युदण्डका कारण अन्तर्राष्ट्रिय जगतमा बारम्बार आलोचनाको पात्र बनेको छ। खेपिरहेको छ, गत वर्ष एक सय ७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ। साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रुर ढङ्गले शिरच्छेदन गर्ने उसको परम्परा छ।

साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन। – रासस/एएफपी

प्रकाशित: ११ भदौ २०८० २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =