एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका

हिमाल प्रेस १० भदौ २०८० १९:२४
10
SHARES
एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका

चितवन- कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ। नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रूपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज (आइतबार) सूचना जारी गरेको हो।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो।

यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरेको छ। यो आर्थिक वर्षमा करिब एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए।

स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक लाभग्राहीले आफू र आफ्नो परिवार आर्थिक रूपमा विपन्न रहेको स्वःघोषणा गर्दै सम्बन्धित टोल विकास संस्थाको सिफारिस लिएर वडा कार्यालयमा आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ।

प्राप्त निवेदनका आधारमा आवश्यकताअनुसार स्थलगत जाँचबुझसमेत गरी वडा समितिको बैठकले निर्देशक समितिलाई सिफारिस गरेको आधारमा स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था गरिएको रेग्मीले जानकारी दिए। –रासस

प्रकाशित: १० भदौ २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast