संसदीय समितिमा उम्मेदवार : एमालेका पोखरेल र साहको समर्थक कांग्रेसका सांसद

हिमाल प्रेस १० भदौ २०८० १३:३०
14
SHARES
संसदीय समितिमा उम्मेदवार : एमालेका पोखरेल र साहको समर्थक कांग्रेसका सांसद

काठमाडौँ- संसद्को विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेका ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावक कांग्रेसका राजेन्द्र केसी र समर्थकमा एमालेकै दामोदर भण्डारी छन्।

त्यस्तै महिला तथा सामाजिक समितिको सभापतिमा एमालेका सांसद किरणकुमार साहले पनि उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा कांग्रेसकी शान्ति विक र समर्थकमा एमालेकी अस्माकुमारी चौधरी छन्।

संसदीय समितिको सभापतिका लागि सत्तापक्ष र प्रमुख विपक्षी दलले भागबन्डा गरेका छन्।

प्रकाशित: १० भदौ २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =