संसद्मा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

हिमाल प्रेस ८ भदौ २०८० ७:२९
2
SHARE
संसद्मा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ।
‘प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको बताए।

यसका लागि सांसदले लिखित प्रश्न संघीय संसद् सचिवालयमा बुझाउनुपर्छ। सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए।

संसदमा करिब एक महिनाको अवरोधपछि प्रधानमन्त्रीसँग तेस्रो पटक सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्रीसँग दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन।

प्रकाशित: ८ भदौ २०८० ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =