सूर्य थापाको आग्रह : सरकार हरायो, खोजी गरी पाऊँ

हिमाल प्रेस ७ भदौ २०८० १३:५४
20
SHARES
सूर्य थापाको आग्रह : सरकार हरायो, खोजी गरी पाऊँ एमाले सांसद सूर्य थापा।

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले सरकारको हराएकाले खोजीका लागि आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित भएपछि यस्तो माग गरेका हुन्।

थापाले भने, ‘यो सरकार हरायो सभामुख महोदय! सरकारको खोजी गरी पाऊँ। मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन।’

उनले प्रधानमन्त्री र २५ जना मन्त्रीमध्ये एकजना पनि सदनमा अनुपस्थित भएर संसद्को घनघोर अन्याय र अपमान गरेको बताए। उनले भने, ‘प्रतिनिधिसभा नियमावलीअन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।’

प्रकाशित: ७ भदौ २०८० १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =