त्रिशूली बस दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो

हिमाल प्रेस ६ भदौ २०८० २१:०९
14
SHARES
त्रिशूली बस दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो त्रिशूलीमा दुर्घटनाग्रस्त बसको उद्धार गरिँदै। तस्बिर : त्रिशूली फेसबुक पेज

काठमाडौँ- बुधबार बिहान त्रिशूली नदीमा खसेको बसमा सवार मृतक ६ जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार बाँकी दुई जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीले यसअघि दिउँसो घाइतेहरूको पहिचान खुलेको र उपचार भइरहेको जानकारी गराएको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६ जना पुरुष र २ जना महिला रहेका छन्। प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी रहेका छन्। त्यस्तै पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षकी कृतिका शर्मा पौडेलको पनि दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै धादिङको गजुरी गाउँपालिका ८ का अन्दाजी २४–२५ वर्षका सुशील रम्तेल, कास्की फुलबारीका सोही उमेरका सुमन थापाको पनि दुर्घटनामा परी मृत्यु भएको छ।

त्यस्तै पर्वतको जलजला–६ की ४२ की राधिका सापकोटा, र मोदी– ५ का ४५ वर्षका झपटबहादुर क्षेत्रीको मृत्यु भएको छ। प्रहरीले तीव्र गतिका कारण दुर्घछना भएको जानकारी दिएको छ।

त्रिशूली नदीमा बस दुर्घटनाको अपडेट : घाइतेको पहिचान खुल्यो

त्रिशूलीमा बस दुर्घटना, १८ जनाको उद्धार

प्रकाशित: ६ भदौ २०८० २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast