एनसेललाई प्रहरीको सम्मान

हिमाल प्रेस ६ भदौ २०८० १९:२०
14
SHARES
एनसेललाई प्रहरीको सम्मान

काठमाडौँ- नेपाल प्रहरीकोे काठमाडौँ उपत्यका अपराध अनुसन्धान ब्युरोले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई सम्मान गरेको छ। कार्यालयले अपराध अनुसन्धान तथा कार्य सम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान गरेको हो।

कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको कदरस्वरूप प्रशंसापत्र प्रदान गरको हो। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसापत्र प्रदान गरेका थिए।

एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुनबमोजिम आवश्यक सहयोग गर्दै आएको छ।

एनसेलले ‘यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको’ बताएको छ। नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो।

प्रकाशित: ६ भदौ २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =