सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते

हिमाल प्रेस ४ भदौ २०८० १७:५८
12
SHARES
सल्यानमा गाडी दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते बस दुर्घटनाका घाइतेको राप्ती अस्पताल तुलसीपुरमा उपचार हुँदै। तस्बिरः दीपक बोहरा

तुलसीपुर- रूकुमबाट दाङको तुलसीपुर आउँदै गरेको मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। लु २ ख ५७३१ नम्बरको मिनी बस सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलमा सोमबार अपराह्न दुर्घटना भएको हो।

दाङको तुलसीपुरस्थित राप्ती अस्पतालमा उपचारको क्रममा रुकुमको सानीभेरी गाउँपालिकाका ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ३६ वर्षीय ओमपथ खत्रीको मृत्यु भएको छ।

गम्भीर घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ। बाँकीको राप्ती अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ४ भदौ २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =