एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा

हिमाल प्रेस ४ भदौ २०८० १५:१८
12
SHARES
एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा

काठमाडौँ- यही अगस्ट ३० तारिखदेखि तय गरिएको एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआईसीसी)ले सोमबार १७ सदस्यीय टिम घोषणा गरेको हो।

रोहित शर्माको कप्तानीमा घोषणा गरिएको टिममा मध्यक्रमका ब्याटर केएल राहुल र श्रेस अयर समावेश छन्। राहुल र अयर यसअघि घाइते भएका कारण लामो समयदेखि भारतीय टिममा पर्न सकेका थिएनन्। एसिया कपमा भारतीय बलर जस्प्रित बुम्राहले पनि मौका पाएका छन्। उनी करिब एक वर्षदेखि एक दिवसीय खेलका लागि भारतीय टिममा पर्न सकेका थिएनन्।

टिममा रोहित शर्मा, शुबमन गिल, विराट कोहली, श्रेयस अयर, केल राहुल, सूर्यकुमार यादव रहेका छन्। त्यस्तै तिलक वर्मा, इसन किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, शर्दुल ठाकुर, जस्प्रित बुम्राह, महम्मद शामी, महम्मद सिराज, कुलदीप यादव र प्रसिद्ध कृष्ण टिममा छन्।

टिममा ट्राभलिङ रिजर्वका रूपमा सन्जु सामसनलाई समावेश गरिएको छ। कप्तान शर्माले एसिया कप आगामी सेप्टेम्बरमा भारतमा हुने विश्व कपको तयारीका रूपमा रहेको प्रतिक्रिया दिएका छन्।

यसअघि पाकिस्तान, बंगलादेश र नेपालले एसिया कपमका लागि टिम घोषणा गरिसकेका छन्। ६ टिमको सहभागिता रहने एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन्। श्रीलंका र अफगानस्तानले टिम घोषणा गर्न बाँकी छ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतसँगका खेल श्रीलंकामा तय गरिएको छ। ३० अगस्टमा नेपाल र पाकिस्तानबीच प्रतियोगिताको उद्घाटन खेल तय गरिएको छ।

एसिया कपका लागि नेपाली टिम घोषणा

प्रकाशित: ४ भदौ २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =