काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका दुई वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ।
महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम दुई सहकारी संस्था खारेज गरेको हो ।
खारेज हुने काठमाडौं महानगर ५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि र काठमाडौं ७ स्थित सुकस बचत तथा ऋण सहकारी संस्था लि रहेका छन् ।
प्रकाशित: ४ भदौ २०८० ७:४७
प्रतिक्रिया