प्रदेशबाटै सरुवा-बढुवाको माग गर्दै कर्मचारीले बुझाए ज्ञापनपत्र

हिमाल प्रेस ४ भदौ २०८० ६:३९
34
SHARES
प्रदेशबाटै सरुवा-बढुवाको माग गर्दै कर्मचारीले बुझाए ज्ञापनपत्र

जनकपुरधाम- मधेश प्रदेशस्थित स्थानीय तहअन्तर्गतका कर्मचारीले समायोजन भएका कर्मचारीको सरुवा बढुवा प्रदेशस्तरबाटै हुनुपर्ने माग गरेका छन्।

आइतबार सभामुख रामचन्द्र मण्डललाई ज्ञापन बुझाउँदै कर्मचारीले समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीको कानुन अभावमा ५ वर्षदेखि सरुवा बढुवा हुन सकेको गुनासो समेत गरे।

उनीहरूले अब बन्ने कानुनमा उक्त कुरा समावेश गर्नुपर्ने माग ज्ञापनपत्रमार्फत सभामुख मण्डलसँग संयुक्त रुपमै गरेका छन्। प्रदेशसभामा पेस प्रदेश निजामति विधेयकमा सरुवा बढुवाहित संघ तथा प्रदेशमा खुल्ला प्रतिस्पर्धा गर्दा सेवा अवधि जोडिने व्यवस्था र उमेरहद नलाग्ने लगायतका माग ज्ञापन पत्र मार्फत कर्मचारीहरुले गरेका छन्।

कर्मचारीहरुको माग बारे सभामुख मण्डलले प्रदेशसभामा पेस भएको निजामति विधेयक छलफलका सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिमा पठाइसकेको बताए।

 

प्रकाशित: ४ भदौ २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =