रोजगारीका लागि बाहिरिए ७ लाख ७५ हजार जना, एक वर्षमा भित्रियो १२ खर्ब रेमिट्यान्स

हिमाल प्रेस १ भदौ २०८० १५:४५
4
SHARES
रोजगारीका लागि बाहिरिए ७ लाख ७५ हजार जना, एक वर्षमा भित्रियो १२ खर्ब रेमिट्यान्स

काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको हो।

आव २०७८/७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ नयाँ श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको छ। गत वर्ष ४ लाख ९७ हजार ७०४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ पुगेको छ। यसरी नयाँ र पुनः गरी गत आवमा करिब ७ लाख ७५ हजार जनाले श्रम स्वीकृति लिएका छन्।

प्रकाशित: १ भदौ २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =