बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

हिमाल प्रेस ३० साउन २०८० ६:१९
4
SHARES
बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता सांकेतिक तस्बिर।

बाजुरा- स्वामीकार्तिक गाउँपालिकामा पर्ने रुडी खोलाले बगाउँदा सोमबार एक महिला बेपत्ता भएकी छिन्।

स्वामीकार्तिक –१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिंह कठायतले जानकारी दिए।

उनका अनुसार कोल्टीबाट घर फर्किँदै गर्दा रुडी खोला तर्ने क्रममा उनी बेपत्ता भएकी हुन्।

खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए।

 

प्रकाशित: ३० साउन २०८० ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =