कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला

हिमाल प्रेस २८ साउन २०८० १७:५३
14
SHARES
कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला प्रकाश ज्वाला।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताएका छन्।

काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा उनले सरकारले अहिले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा निर्ममतापूर्वक काम गरेका बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट पारेका हुन्।

वर्तमान सत्ता गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने उनले बताए। उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरूमाथि कारबाही हुने दाबी गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको पनि उनको भनाइ छ। यस्तै ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ।

मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको र माग पूरा गर्नेतर्फ लागेको स्पष्ट पारे। निर्माण व्यवसायीहरूको भुक्तानीको मागको विषय जायज भएको उनले बताए।

उनले आफू मन्त्रालयमा आएपछि भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको जिकिर गरे। उनले यातायात व्यवस्थाको अस्तव्यस्तता रहेको स्वीकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको जानकारी दिए।

प्रकाशित: २८ साउन २०८० १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =