आईएस आक्रमणमा ३३‍ जना सिरियाली सैनिककाे मृत्यु

हिमाल प्रेस २७ साउन २०८० १९:१९
10
SHARES
आईएस आक्रमणमा ३३‍ जना सिरियाली सैनिककाे मृत्यु तस्बिर : डेलिसन

बेरुत- इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकै मरुभूमिमा सैनिक जवान सवार बसमा आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ।

युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा भएको आक्रमणमा उनीहरू मारिएका हुन्।

आईएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्युतीय धराप थाप्ने तथा प्रहार गरेर भाग्ने (हिट एन्ड रन) गर्दै आएको छ। यो आक्रमण यो वर्ष भएका आक्रमणमध्ये सबैभन्दा घातक बताइएकाे छ। आईएस लडाकुले सर्वसाधारणका साथै सरकारी सेनालाई निशाना बनाउँदै आएका छन्।

यसअघि आईएस लडाकुले आफ्नो पूर्वगढ राका प्रान्तमा १० जना सिरियाली सैनिकको हत्या गरेका थिए। सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन्। कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन्। सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो। रासस/एएफपी

प्रकाशित: २७ साउन २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =