राष्ट्रिय युवा दिवसको अवसरमा युवासँग अन्तरक्रिया

हिमाल प्रेस २७ साउन २०८० १६:३७
24
SHARES
राष्ट्रिय युवा दिवसको अवसरमा युवासँग अन्तरक्रिया

सुर्खेत- वीरेन्द्रनगर-५ श्रीनगर टोलमा राष्ट्रिय युवा दिवसको अवसरमा युवासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। नेपाल नाजरेत सोसाइटीद्धारा सञ्चालित नवज्योती केन्द्रको आयोजनामा महिला, बालबालिका तथा सशक्तीकरण परियोजनाका लागि राष्ट्रिय युवा दिवसको अवसरमा सांस्कृतिक तथा अन्तरतक्रिया कार्यक्रम गरेको हो।

महिला, बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रमा काम गर्दै आएकी प्रहरी निरक्षक झरना सौनारले जनचेतनामूलक कार्यक्रममार्फत बालबालिकालाई सचेत गराईएकी हुन्। प्रहरी निरक्षक सौनारले लागु औषध दूर्व्यसनी तथा बालविवाहसम्बन्धी जनचेतना कार्यक्रममार्फत महिला तथा बालबालिका र युवालाई सचेत गराएकी हुन।

लागु औषधको दुर्व्यसनीले समाजमा पार्ने नकारात्मक असरमा नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्नेजस्ता विषयमा प्रहरी निरक्षक सौनारले जानकारी गराएकी हुन्। लागु औषध दूर्व्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले लागु औषध दूर्व्यसनी तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेकी थिइन।

युवा तथा बालबालिकालाई लागु औषधमा फस्न सक्ने र बालबालिकाले नै यसको नियन्त्रण तथा जनचेतनामूलक सन्देशहरू प्रवाह गर्न मदत गर्न सक्ने भएकाले जनचेतना मूलक सन्देश दिएकोे प्रहरी निरक्षक सौनारले बताइन्।

लागू पदार्थ सेवन गर्दाका बेफाईदा, समाजमा पर्ने असर र निवारण गर्न सकिने विषयमा जानकारी गराइएकाे उनकाे भनाइ थियाे। वडा न ५ का अध्यक्ष लोकबहादुर शाहीले बालबालिकाको हेरचाहा कसरी गर्ने भन्ने विषयलाई अझ बलियो बनाउँदै लैजानु पर्नेमा जोड दिए।

प्रकाशित: २७ साउन २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =