विद्यार्थीलाई क्षमतावान बनाउन क्याम्पसले जर्नल प्रकाशनमा ध्यान दिनुपर्छ : उपकुलपति कोइराला

हिमाल प्रेस २७ साउन २०८० १५:३८
16
SHARES
विद्यार्थीलाई क्षमतावान बनाउन क्याम्पसले जर्नल प्रकाशनमा ध्यान दिनुपर्छ : उपकुलपति कोइराला

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले विद्यार्थीहरूलाई प्रतिस्पर्धी र क्षमतावान बनाउन क्याम्पसहरूले जर्नल प्रकाशनमा ध्यान दिनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयले मास्टर्स कार्यक्रम सञ्चालन गरिरहँदा प्रत्येक मास्टर्स कार्यक्रम ल्याउने कलेजले आफ्नो फ्याकल्टिजमा कम्तीमा विद्यार्थीलाई जर्नल निकाल्न लगाउनुपर्ने उनले बताए। त्यस्ताे गर्नसकेमा विश्वविद्यालय तथा कलेजको हाइट बढाउने र विद्यार्थीको क्षमता बढ्ने उनले औँल्याए।

सबै कलेजले अनिवार्य रूपमा आफ्ना विद्यार्थीलाई जर्नल निकाल्न लगाउनुपर्ने उनकाे भनाइ थियाे। कान्तिपुर सिटि कलेज (केसीसी)मा अध्ययनरत २०१८ ब्याजका बिद्यार्थीले प्रकाशन गरेको स्कलर्स म्यागजिन आठौँ अंक बिमोचन कार्यक्रममा उनले विद्यार्थीका लागि जर्नलकाे आवश्कता औँल्याएका हुन्।

केसीसीले लामो समयदेखि यस्ता कार्यक्रम गर्दै आएकोले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरे। कोइरालाले केसीसीले सदैव उदाहरणीय कार्य गर्दै आएको बताए।

अहिले विद्यार्थीका सकारात्मभन्दा नकारात्मक सोच पलाउने, अध्ययन तथा रोजगारी स्वदेशमा भन्दा विदेशमा बढी जाने गरेको भन्दै यो आगामी दिनमा थप चुनौतीपूर्ण बन्दै जाने बताए।

त्यस्ता चूनौती चिर्नका लागि विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने धारणा उनले बताए। विद्यार्थीमा पलाएको नकारात्मक कुराले क्षणिक राम्रो लागेपछि दीर्घकालीन रूपमा त्यसको असर निकै ठूलो हुने दाबी गरे।

कार्यक्रममा कलेजका म्यान्जिङ डाईरेक्टर प्रलाद कार्कीले विद्यार्थीमा अहिले देखिएको मोटिभेसन आगामी दिनमा पनि निरन्तरता हुनुपर्ने बताए। अहिलेका विद्यार्थीलाई मोटिभेसन आवश्यक रहेको र त्यो काम केसीसीले गर्दै आएको उनकाे भनाइ थियाे।

प्रविधिमा आएको विकासले अध्ययनमा पनि फरक परेको उनको बुझाइ छ। अहिले सैद्धान्तिक मात्रै नभएर व्यबहारमा लागू हुने शिक्षा आवश्यक रहेको उनले बताए। अब प्रोजेक्ट बेस लर्निङ आवश्यक रहेको भन्दै उनले त्यसको कार्यान्वयन कान्तिपुर केलजले सुरु गरिसकेको उनकाे भनाइ छ।

कोरोनाका कारण रोकिएको म्यागजिन अहिले प्रकाशन हुन थालेको छ। कार्यक्रममा कलेजको प्रचारप्रसार गर्दै उत्कृष्ट टिकटक बनाउनेलाई नगदसहित सम्मान गरिएको छ। उत्कृष्ठ टिकटक बनाउने आशिस निरौलाको समूह तथा भैरव चौधरी र मेरी तामाङलाई कलेजले नगदसहित सम्मान गरेको छ।

प्रकाशित: २७ साउन २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =