भारतमा रोकिएकाे ट्रकसँग यात्रुवाहक गाडी ठोक्किएपछि…

हिमाल प्रेस २७ साउन २०८० १३:४८
18
SHARES
भारतमा रोकिएकाे ट्रकसँग यात्रुवाहक गाडी ठोक्किएपछि…

नयाँ दिल्ली- भारतको पश्चिमी गुजरातमा भएको सडक दुर्घटनामा ३ बालबालिका र ५ महिलासहित १० जनाको मृत्यु भएको छ। थप १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।

राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकिएकाे ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो। पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा परेका थिए।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। रासस- सिन्ह्वा

प्रकाशित: २७ साउन २०८० १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =