सभामुख र राष्ट्रियसभा अध्यक्षले भेटे राष्ट्रपति

हिमाल प्रेस २६ साउन २०८० ११:१३
2
SHARE
सभामुख र राष्ट्रियसभा अध्यक्षले भेटे राष्ट्रपति

काठमाडौँ- सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन्।

शुक्रबार बिहान सभामुख र राष्ट्रियसभा अध्यक्षले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुख र राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको जानकारी दिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।

राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रियसभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारीसमेत लिएका छन्।

प्रकाशित: २६ साउन २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =