सुदूरपश्चिम विपद् : ९ सय ५८ घरधुरी प्रभावित, २ सय ३४ विस्थापित

हिमाल प्रेस २४ साउन २०८० १९:१५
4
SHARES
सुदूरपश्चिम विपद् : ९ सय ५८ घरधुरी प्रभावित, २ सय ३४ विस्थापित

धनगढी- गत सोमबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित बनेको छ। प्रदेशका ९ जिल्लामध्ये ५ जिल्लामा बाढीपहिरोका घटना घटेका छन्। कैलाली र कञ्चनपुरका केही स्थानमा बाढी आएकाे छ।

त्यस्तै बाजुरा,बझाङ र डडेल्धुराका केही स्थानमा पहिरो गएको सुदूरपश्चिम प्रदेशको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएकाे छ।

केन्द्रको तथ्यांकअनुसार साउन २२ यता पहिरोबाट बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ को एक परिवार र बाजुराको खप्तडछेडेदह गाउँपालिका २ काे एक परिवार विस्थापित भएका छन्। त्स्तै डडेल्धुराको पशुराम गाउँपालिका ५ को १ परिवार प्रभावित भएकाे छ।

कैलाली र कञ्चनपुरका ९ सय ५४ परिवार प्रभावित र २ सय ३२ परिवार विस्थापित भएका छन्। बाढीबाट कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टिकापुर क्षेत्र डुबानमा छन्।

यस्तै कञ्चनपुरको पुर्नवास क्षेत्र पनि डुबानको चपेटामा छ। सडक माथिबाट पहिरो आएपछि पूर्णरूपमा अवरुद्ध रहेको कैलालीको गोदावरी नगरपालिका ४ बुढी तोलास्थित सडकखण्ड खुलाउने प्रयास भइरहेको छ। बाढी पहिरोबाट हालसम्म सुदूरपश्चिममा मानवीय क्षति नभएकाे प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित: २४ साउन २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =