सुनसरीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

हिमाल प्रेस २३ साउन २०८० १८:२५
10
SHARES
सुनसरीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

इटहरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिलो पटक इटहरीका सन्तोष अधिकारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै सिस्टममा अपडेट भएर सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस आएका व्यक्तिहरू मात्र स्वयम् उपस्थित भएर राष्ट्रिय परिचय पत्र लिन आग्रह गरेको छ।

प्रजिअ पाण्डेले आफ्नो परिचयपत्र आए–नआएको जानकारी लिएर मात्र कार्ड लिन आउन आग्रह गरेकी छन्। उनका अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट छपाई गरी ५० हजार परिचय पत्रहरू जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्राप्त भएको छ। जिल्ला प्रशासन कार्यालयमा बायोमेट्रिक गरेका व्यक्तिहरूको परिचय पत्र छपाई गरी आएको हो।

प्रशासन कार्यालयमा प्राप्त भएका परिचय पत्रहरूलाई क्रमशः वितरण गरिने जनाएको छ। कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचय पत्र प्रशासनको सिस्टममा अपडेट गरेपछि सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा एसएमएस जानेछ।

परिचय पत्र फर्म भर्दा उपलब्ध गराएको मोबाइल नम्बरमा सिस्टममा अपडेट गरेपछि स्वतः एसएमएस जानेछ। सो एसएमएस आएका व्यक्तिहरूलाई मात्र कार्ड वितरण गरिने सुनसरी प्रशासनले जनाएको छ।

प्रकाशित: २३ साउन २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =