पारोसँग भिड्दै मछिन्द्र

हिमाल प्रेस २३ साउन २०८० १३:३८
6
SHARES
पारोसँग भिड्दै मछिन्द्र

काठमाडौँ-  एएफसी कपको प्रारम्भिक छनोटअन्तर्गत मछिन्द्र क्लबले आज भुटानी टोली पारो फुटबलसँग प्रतिस्पर्धा गर्दैछ।

भुटानको लिग विजेता टोली पारोसँग भिड्ने अवसर मच्छिन्द्रले पाएको छ। यसो हुँदा कतिपयले मछिन्द्रलाई ‘भाग्यमानी’ टोली भनिरहेका छन्। किनकि मछिन्द्र यसपटक नेपालको लिग विजेता होइन। चर्च ब्वाइजले अंक सुधारेर लिगको ट्रफी समाउँदा मछिन्द्र दोस्रोमा झरेको थियो। तैपनि टोलीले एएफसी कप खेल्ने अवसर पाएको छ।

चर्च ब्वाइज अघिल्लो वर्षमात्रै ‘बी’ डिभिजनबाट आएको टोली हो। जुन टोलीसँग एएफसी सर्टिफिकेट छैन। त्यसैले मछिन्द्रले सो अवसर पाएको हो। खेल आज साँझ ५ : ३० मा हुनेछ।

यसपटक मछिन्द्रले बलियो टोली बनाएको छ। टोलीमा लिग खेलेका राष्ट्रिय टोलीका युवा स्टारसहित ८ खेलाडी थपिएका छन्।

लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टसहित राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि टोलीमा समेटिएका छन्। रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा पनि छन्।

मछिन्द्रले ए डिभिजन खेलेका १५ खेलाडीलाई निरन्तरता दिएको छ। कप्तान विशाल श्रेष्ठ टोलीमा नियमित रहँदा उनलाई प्रदिप भण्डारी दोस्रो गोलरक्षक र लुज महर्जन तेस्रो गोलरक्षक छन्। फरवार्ड विमल घर्तीमगर, अफिज ओलावाले, सौरभ लिम्बू, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा यथावत छन्।

मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई पनि छन्। डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक पनि टोलीमा रहेका छन्।

मछिन्द्र र पारो बीचको विजेताले साउन ३१ मा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।

मछिन्द्र र पारोको खेलका लागि टिकट मूल्य साधारणतर्फ दुई सय रुपैयाँ र भीआइपीतर्फ पाँच सय रुपैयाँ राखिएको छ। टिकट ईसेवामार्फत खरिद गर्न सकिने बताइएको छ। क्लबले कूटनीतिक तवरबाट खेलमा बाजी मार्ने बताएको छ।

गत वर्ष लिग विजेताका रुपमा मछिन्द्रले एएफसी कपको प्लेअफमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दा हार बेहोरेको थियो।

रेजिनले गत संस्करणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। कागजी प्रक्रिया पूरा नभएका कारण मेसुकेले भने आज खेल्ने सम्भावना कम छ।

मच्छिन्द्र फुटबल क्लबको टोली

गोलरक्षक : विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन

डिफेन्डर : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक

मिडफिल्डर : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बू, दिपेश घले र उत्सव राई

फरवार्ड : विमल घर्तीमगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बू, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल

प्रकाशित: २३ साउन २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast