एमाले फकाउन सफल होलान् सत्तारुढ दल?

हिमाल प्रेस २३ साउन २०८० ६:३१
46
SHARES
एमाले फकाउन सफल होलान् सत्तारुढ दल? सभामुखसहितको शीर्ष तहको बैठक। फाइल तस्बिर

काठमाडौँ- संसद्‌को निरन्तरको गतिरोध हटाउन आज (मंगलबार) बिहान शीर्ष नेताहरूबीच पुनः छलफल हुने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज बिहान पुनः बैठक बस्ने तय भएको छ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट सहमति निस्कन सकेन।

प्रतिनिधिसभाको बैठक बस्न नसक्दा कानुन निर्माणको काममा ढिलाई हुनुका साथै जनसरोकारका विषय संसदमा उठ्न पाएको छैन। स‌सद्को गतिरोधका विषयमा राप्रपा र रास्वपा समेत असन्तुष्ट छन्। संसद् चलाएर अघि बढ्न आग्रह गरिरहेका छन्। सभामुख देवराज घिमिरेले संसद् अवरुद्ध हुने सम्भावना देखेपछि सूचना टाँसेर बैठक स्थगित गरिरहेका छन्।

प्रकाशित: २३ साउन २०८० ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast