नेशनल लाईफको बिमा सचेतनासम्बन्धी साइकल र्‍याली सम्पन्न

हिमाल प्रेस २२ साउन २०८० १८:२०
34
SHARES
नेशनल लाईफको बिमा सचेतनासम्बन्धी साइकल र्‍याली सम्पन्न

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बिमा सचेतनासम्बन्धी साइकल र्‍याली सम्पन्न गरेको छ। कम्पनीले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि आयोजना गरेको साइकल र्‍याली सम्पन्न गरेको हो।

बिमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित करिब सय जनाको सहभागिता थियो।

पोखराको बाराहीघाटबाट सुरु गरिएको र्‍याली हल्लनचोक, जिरो किलोमिटर, सभागृह चोक, चिप्ले ढुंगा, बिरौटा, राष्ट्र बैंक चोक हुँदै करिब १० किलोमिटर यात्रा गरी पुनःबाराहीघाट पुगेर समापन गरिएको हो। उक्त साइकल र्‍यालीबाट बिमा सचेतना प्रवद्र्धन हुने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: २२ साउन २०८० १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =