कोशीका १२ जिल्लामा डेंगु संक्रमण, उच्च सतर्कता अपनाउन अपिल

हिमाल प्रेस २२ साउन २०८० १६:३०
4
SHARES
कोशीका १२ जिल्लामा डेंगु संक्रमण, उच्च सतर्कता अपनाउन अपिल लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्न दिक्तेलमा चलाइएको ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने’ अभियानमा विषादी छर्कँदै प्राविधिक। फाइल तस्बिर : रासस

इटहरी–  कोशी प्रदेशका १२ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ। प्रदेशका सोलुखुम्बु र ओखलढुंगाबाहेक अन्य जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको हो।

प्रदेशका अधिकांश जिल्लामा डेंगुले महामारीकै रूप लिएपछि सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए। बस्नेतले डेंगु परीक्षण किटको अभाव भएकाले स्थानीय तहलाई आफैँ खरिद गर्न र प्रदेश तथा संघीय सरकारलाई डेंगु किट उपलब्ध गराउन माग गरिएको जानकारी दिए।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार साउन २१ गतेसम्म प्रदेशका १२ जिल्लामा गरी ६ हजार ४ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सुनसरीमा सबैभन्दा बढी ४ हजार ५ सय ५८ जना डेंगुका संक्रमित देखिएका छन्।

ताप्लेजुङमा १३ जना, संख्वासभामा ८७ जना, खोटाङमा चार जना, भोजपुरमा ८४ जना, धनकुटामा १ सय ८ जना, तेहृथुममा ५८ जना, पाँचथरमा १६ जना, इलाममा २५ जना, झापामा ४ सय ५४ जना, मोरङमा ९ सय १८ जना र उदयपुरमा १ सय ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवेचना चौलागाईले बताइन्।

प्रकाशित: २२ साउन २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =