राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस २२ साउन २०८० ७:३५
6
SHARES
राष्ट्रियसभा बैठक बस्दै राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभा बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ।

विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित: २२ साउन २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =