वडाध्यक्ष विनोदसिंह विष्ट जेल चलान

हिमाल प्रेस २१ साउन २०८० १८:४२
134
SHARES
वडाध्यक्ष विनोदसिंह विष्ट जेल चलान

सुर्खेत– जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका – ३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई पूर्पक्षका लागि कारागार चलानको आदेश सुनाएको छ। न्यायाधीश मनोज श्रेष्ठको इजलासले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला सुनाएको हो।

विष्टसँगै सुशील गुरुङ र बलिराज शाही कारागार चलान भएका छन्। वडाध्यक्ष विष्टलाई असार २४ पक्राउ परेका थिए।  वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो। पक्राउ परेका जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई/दुई लाख रुपैयाँ धरौटीमा  बुझाएर रिहा भएका छन्।

प्रकाशित: २१ साउन २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =